जलेश्वर । स्रोत नखुलेको ६३ लाख रुपैयाँसहित तीन युवक पक्राउ परेका छन् । विगत पाँच दिनको अवधिमा महोत्तरीमा स्रोत नखुलेको ६३ लाख रुपैयाँसहित तीन जना पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले गत आइतबार ५५ लाख रुपैयाँसहित दुई युवक र बिहीबार ८ लाख रुपैयाँसहित थप एक युवक पक्राउ परेको बताएका हुन् ।
जिल्लाको जलेश्वर–बर्दिबास सडकखण्डको औरहीमा गत आइतबार दिउँसो स्रोत नखुलेको ५५ लाख रुपैयाँसहित औरही नगरपालिका–२ चेपकट गाउँ बस्ने २० वर्षीय धीरजकुमार यादव र सोही स्थान निवासी १८ वर्षीय रमेशकुमार सहनी पक्राउ परेका थिए । ज ९ प ८२४७ नम्बरको मोटरसाइकलमा बसेर कालो झोलामा ५५ लाख रुपैयाँ बोकी गइरहेको अवस्थामा प्रहरीले शङ्का लागि जाँच गर्दा उनीहरु पक्राउ परेका थिए ।
यस्तै भारतबाट स्रोत नखुलेको करिब आठ लाखसहित नेपाल प्रवेश गरेका औरही नगरपालिका–५ बस्ने रामश्रेष्ठ दासका छोरा २० वर्षीय वीरेन्द्रकुमारलाई बुधबार राति प्रहरीले पक्राउ गरेको थियो । भारत बिहारको कन्हमा सहरबाट कम्मरमा बेरेको कपडा भित्र रकम राखी साइकलमा सम्सी गाउँपालिका–स्थित प्रहरीचौकी नजिक आउँदै गरेका उनीमाथि शङ्का लागि जाँच गर्दा प्रहरीले स्रोत नखुलेको सात लाख ९१ हजार रुपैयाँ बरामद गरेको थियो ।
पक्राउ परेका दासलाई गएराति नै मुख्य भन्सार कार्यालय जलेश्वरमा बुझाइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्