काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर धितोपत्रको दोश्रोे बजार नेपाल स्टक एक्सचेन्जमा सूचिकरण गर्नका लागि आज जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल स्टक एक्सचेन्जबीच सम्झौता भएको छ । सम्झौतापत्रमा जाल्पा सामुदायिक लघुवित्तको तर्फबाट बीर बहादुर अधिकारी र नेपाल स्टक एक्सचेन्ज लिमिटेडको तर्फबाट कृष्ण बहादुर कार्कीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।
लघुवित्तले २०७८ माघ २१ देखि २५ गतेसम्म निष्काशन गरेको आइपिओको बाँडफाँड फाल्गुण १ गते सम्पन्न गरी आइपिओमा शेयर पाउने शेयरधनीहरुको हितग्राही खातामा शेयर जम्मा भइसकेको छ । निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गरेको प्रभु क्यापिटल लिमिटेडले छिटो तथा छरितो रुपमा निष्काशन तथा बिक्री प्रबन्ध गरेको थियो । लघुवित्तले प्रभु क्यापिटललाई फाल्गुण १३ गतेदेखि शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ ।
शेयर रजिष्ट्रारमा नियुक्त क्यापिटलले कम्पनीको आइपिओ बाँडफाँड पश्चात शेयरधनीको हितग्राही खातामा शेयर जम्मा गर्ने कार्य गर्नुका साथै धितोपत्रको दोश्रो बजार नेपाल स्टक एक्सचेन्जमा समेत द्रुत गतिमा कम्पनीको शेयर सूचिकृत गराउन आवश्यक सहजीकरण गरी छोटो समयमै कम्पनीको शेयरलाई कारोबारमा ल्याउन सफल भएको छ । कम्पनीले नेप्सेमा कारोबारका लागि JALPA सिम्बोल पाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्