काठमाडौं । जागिरको लोभ देखाएर गैर-कानूनी रकम असुल्ने ९ वटा जब सेन्टरका सञ्चालक पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले आइतबार जागिर दिने बहानामा फाराम भराउँदै खुलेआम पैसा असुल्ने विभिन्न ९ वटा जब सेन्टरमा एकसाथ छापा मारी सञ्चालकलाई पक्राउ गरेको हो ।
जब सेन्टरले जागिर लगाइदिने भन्दै फाराम भराउने, केही दिनको ट्रेनिङसमेत दिने तर त्यसपछि वास्तै नगर्ने गरेको पाइएको महाशाखा प्रवक्ता कृष्ण कोइरालाले बताए । कोटेश्वर, बानेश्वरलगायत ठाउँमा खुलेका जब सेन्टरहरूमा प्रहरीले छापा मारेको थियो ।
ती सेन्टरले गाउँबाट आएका सोझा साझालाई जागिर दिने बहानामा प्रतिव्यक्ति ५ सयदेखि ५ हजार रूपैयाँसम्म ठगी गरेको पाइएको हो । जब सेन्टरले सो कार्य गरी मासिक १०/१५ लाख रूपैयाँ कमाउने गरेको पनि पाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्