×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जुवा खेल्ने १९ जना पक्राउ, झन्डै ४ लाख रकम बरामद

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

जुवा खेल्ने १९ जना पक्राउ, झन्डै ४ लाख रकम बरामद

Artha Sarokar

४ चैत्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

गोरखा । प्रहरीले गोरखामा जुवा खेलिरहेको अवस्थामा १९ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार सौरपानीमा जुवा खेलिरहेका १९ जनालाई गए राति करिब १ बजेतिर तीन लाख ९० हजार आठ सय ४० रूपैयाँसहित पक्राउ गरिएको हो ।
उनीहरूले कौडासमेत खेलेका थिए । बारपाक सुलिकोट गाउँपालिकाअन्तर्गत पर्ने सौरपानीको स्थानीय एक घरको आँगनमा उनीहरूले जुवा खेलेका थिए । पक्राउ पर्नेमा भीमसेन थापा गाउँपालिका–५ का बुद्धि प्रसाद पोखरेल, राम प्रसाद पौडेल, होम बहादुर सार्की, कमल बहादुर सुर्खेती, रन्जन पोखरेल, सन्तमान गुरुङ, कृष्ण श्रेष्ठ, प्रेम कुमार श्रेष्ठ र वडा नम्वर ७ का राम बहादुर बराम रहेका छन् ।
यस्तै बारपाक सुलिकोट गाउँपालिका वडा नम्वर २ का फेन बहादुर घले, वडा नम्वर ३ का धन बहादुर तामाङ, बिशाल आले, वडा नम्वर ४ का बिर बहादुर गुरुङ र लाल बहादुर गुरुङ पनि पक्राउ गरिएको छ । साथै सिरानचोक गाउँपालिका–९ का मंगल बिक, धार्चे गाउँपालिका–४ का तिजमान गुरुङ, अजिरकोट गाउँपालिका वडा नम्वर ३ का बिष्णु अधिकारी, वडा नम्वर ४ का रत्नमान गुरुङ र वडा नम्वर ९ का सुक बहादुर घले पनि पक्राउ परेका छन् ।
पक्राउ परेका व्यक्तिहरु १९ देखि ७५ वर्ष उमेरसम्मका छन् । पक्राउ परेका उनीहरुविरूद कानुनअनुसार कारबाही गरिने प्रहरीले जनाएको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी