Skip to content
LAXMI SUNRISE BANK

कैलालीमा ३६ लाख बराबरका सुन र चाँदीका गहना बरामद

अर्थ सरोकार

धनगढी । धनगढी उपमहानगरपालिका–२ त्रिनगर (कैलाली कञ्चनपुरको सिमाना) बाट सशस्त्र प्रहरीले आज ३६ लाख बराबरका सुन र चाँदीका गहना बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं ३४ गणको कार्यालय कैलाली, बिओपी त्रिनगर र बिओपी डोकेबजारबाट खटिएको टोलीले भारतबाट अवैध रुपमा भन्सार छली ल्याएको ३६ लाख आठ हजार ४९० बराबरका सुन तथा चाँदी गहनाहरू बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं ३४ गणको कार्यालयले जनाएको छ ।
बरामद गरी गरगहना राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाउने प्रक्रिया भइरहेको बताइएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK