×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ कसुरको मुद्दामा कलैया उपमहानगरपालिका–१४ का वडाध्यक्ष जयसवाल पक्राउ

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बैंकिङ कसुरको मुद्दामा कलैया उपमहानगरपालिका–१४ का वडाध्यक्ष जयसवाल पक्राउ

१३ चैत्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बारा । बैंकिङ कसुरको मुद्दामा बारा कलैया उपमहानगरपालिका–१४ का वडाध्यक्ष पक्राउ परेका छन् । प्रहरीले तीन वटा छुट्टाछुट्टै बैंकिङ कसुरको मुद्दामा वडाध्यक्ष सुरेन्द्रप्रसाद जयसवाललाई पक्राउ गरेको हो ।
जनही २०, १० र आठ लाख गरी ३८ लाख ठगी गरेको आरोपमा निज वडाध्यक्षलाई कलैया बजारबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए । पक्राउ परेका जयसवाललाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रवक्ता थापाले जानकारी गराए ।
जयसवाल २०७४ सालको स्थानीय निर्वाचानमा नेकपा (एमाले) का तर्फबाट निर्वाचित हुनुभएको थियो । हाल उहाँ बारा निर्माण व्यवसायी सङ्घको अध्यक्ष छन ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार प्रिमियम स्टोरी