काठमाडौं । महाशिवरात्रीको अवसरमा कामना सेवा विकास बैंक लिमिटेडले पशुपति मन्दिर परिसर र चाबहिलमा शुद्ध पिउने पानी तथा जुस वितरण गरेको छ । यसै गरी काठमाडौं–३०, ज्ञानेश्वर स्थित आनन्द भैरव मन्दिर लगायत देशका विभिन्न स्थानहरुमा समेत सेवा प्रदान गरिएको हो । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष धार्मिक, सांस्कृतिक लगायत विभिन्न क्षेत्रहरुमा यस खालका सामाजिक सेवाहरु प्रदान गर्दैै आएको छ ।
उक्त कार्यमा बैंकका कर्मचारीहरु बिहानैदेखि खट्नु भएको छ । बढ्दो गर्मी र भिडभाडमा सहज रुपमा शुद्ध पिउने पानी उपलब्ध हुन नसक्ने हुंदा भक्तजनहरुलाई सहज रुपमा पानी तथा जुस उपलब्ध गराउन सकियोस भन्ने पवित्र उद्देश्यका साथ यस प्रकारको सेवा प्रदान गरिएको र आगामी वर्षहरुमा समेत यस पवित्र कार्यलाई निरन्तरता दिने बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्