काठमाडौं । खल्ती डिजिटल वालेटले फोनपे क्युआर स्क्यानमा टिभीएस एन्टोर्क, वान प्लस नर्ड, तथा रु. ५००० जित्ने “स्क्यान मा अफर“ ल्याएको छ । यस अफरमा फोनपे क्युआरमा भुक्तानी गर्ने खल्ती प्रयोगकर्ता मात्र नभई खल्ती मार्फत क्युआरमा भुक्तानी प्राप्त गर्ने फोनपे मर्चेन्ट पनि बिजेता हुनेछन् ।
यस क्याम्पेनमा बम्पर उपहार टिभीएस एन्टोर्क स्कुटर खल्ती बाट फोनपे क्युआरमा भुक्तानी गर्ने एक प्रयोगकर्ता र भुक्तानी प्राप्त गर्ने एक फोनपे मर्चेन्टले प्राप्त गर्ने छन । त्यसै गरि हरेक हप्ता दुई खल्ती प्रयोगकर्ताले वान प्लस नर्ड स्मार्टफोन एन १०० को साप्ताहिक पुरस्कार र दैनिक पुरस्कारमा एक खल्ती प्रयोगकर्ताले रु. ५००० नगद पुरस्कार प्राप्त गर्नेछन् । यो अफर फागुन २६, २०७८ देखि बैशाख १०, २०७९ सम्म मान्य छ ।
यस अफरका बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काका अनुसार हामीले हाम्रा हाल रहेका र भविष्यमा आउने खल्ती प्रयोगकर्ताहरूलाई आकर्षक उपहार र प्रोत्साहनसहित देशको कुनै पनि क्युआरमा सहज भुक्तानीको सुविधा प्रदान गर्ने उद्देश्यले आगाडी बढ्दै छौँ । ” ‘खल्ती’ मा हालै सुरु गरिएको फोनपे क्युआर को सेवाका कारण निकै प्रयोगकर्ताको लागि एउटा सजिलो माध्यम बन्न पुगेको छ । यसको साथै, अब खल्तीबाट जुनसुकै क्युआर सजिलै स्क्यान गर्न मिल्ने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्