काठमाडौं । नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले सानिमा बैंक लिमिटेड सँग सम्झौता गरेको छ । सानिमा बैंकका ग्राहकहरूले अब खल्ती वालेटमा बिना झन्झट सिधै सानिमा बैंकमा सजिलो ई– बैंकिङ एप खोलेर खल्तीमा पैसा राख्न सक्ने सुविधा प्रधान गर्न सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
बैंकका ग्राहकहरुले सानिमा सजिलो ई–बैंकिङबाट खल्ती डिजिटल वालेटमा सजिलै फन्ड लोड गरेर र सानिमा सजिलो ई–बैंकिङ एप मार्फत चेक आउट गर्न सक्ने बैंकले जनाएको छ । उक्त सम्झौता को बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का बताउँछन् स् “हाम्रा ग्राहकहरूलाई सजिलो फण्ड मोबिलिटीमा जोड्न यो हाम्रो लागि अवसर हो ।
यो पार्टनरसिपले समस्त बैंक तथा वालेटको ग्राहकवर्गमा सरल र सहज भुक्तानीको सेवा दिई डिजिटल नेपालको यात्रामा सहयोग पुर्याउनेछ भन्ने आशा लिएका छौं ।” खल्ती नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्