काठमाडौं । खल्ती मार्फत EMI भुक्तानीमा १००% क्यासब्याक पाउन सकिने अफर सार्वजनिक भएको छ । यसका साथै यो अफरअन्तर्गत दुई भाग्यशाली विजेताले बम्पर पुरस्कारका रुपमा स्मार्टफोन जित्ने मौका पनि सार्वजनिक भएको हो ।
यस अफर ‘ईएमआई डन १००५ रिटर्न’ अनुसार हुलास फिन सर्भ, जगदम्बा क्रेडिट एंड इन्भेस्टमेन्ट, स्याकार–होन्डा र एमएडब्ल्इू इन्वेत्मेन्ट प्राइभेट लिमिटेडको EMI भुक्तानी गर्दा हरेक हप्ता एकजना भाग्यशाली विजेताले भुक्तानीमा १००% क्यास्ब्याक ५ हजारको अधिकतम सीमाका साथ प्राप्त गर्नेछन् भने दुईजनाले बम्पर उपहारमा स्मार्टफोन जित्नेछन् । यो अफर चैत १ देखि चैत ३० सम्म मान्य छ। यस सुविधाबारे बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘प्रविधि र विकासको परिवर्तनसँगै, डिजिटाइजेसनको आवश्यकता द्रुत रुपमा बढिरहेको छ ।
डिजिटल कारोबारलाई अझ प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो अफर ल्याइएको हो।’ ५ हजार माथिको भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो ‘खल्ती’ केवाईसी भने अनिवार्य रुपमा भेरिफाई गराएको हुनुपर्नेछ। खल्ती खाता नभएको खण्डमा साइन अप गरी वा नेपालभरि फैलिएको खल्तीको कुनै पनि खल्ती सेवा केन्द्रबाट पनि भुक्तानी गर्न सकिनेछ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्