Skip to content
LAXMI SUNRISE BANK

डान्सिङ स्टार्स नेपालको भोटिङ पार्टनरमा खल्ती, भोटिङ लाइन शुक्रबार बाट सुरु हुने

अर्थ सरोकार

काठमाडौं । डान्सिङ स्टार्स नेपालको एक मात्र भोटिङ पार्टनरको रुपमा भुक्तानी सेवा प्रदायक खल्ती डिजिटल वालेटले साझेदारी गरेको छ। १२ जना अनुभवी कोरियोग्राफरहरूको साथमा विभिन्न क्षेत्रका १२ सेलिब्रेटी प्रतियोगीहरू रहेको डान्सिङ स्टार्स नेपालको एक मात्र भोटिङ पार्टनरको रुपमा नेपालको प्रचलित भुक्तानी सेवा प्रदायक खल्ती डिजिटल वालेटले साझेदारी गरेको हो ।

यो प्रतियोगिता १२ चैत देखि हिमालय टिभी एचडीमा हरेक शनिबार राति ८स्०० बजेबाट रूपमा प्रसारण भएको छ। यसमा नेपाली चलचित्र क्षेत्रका प्रख्यात कलाकार दिलीप रायमाझी, रेनिशा राई र गौरी मल्ल जजहरुको रुपमा रहेका छन्। भोटिङ लाइन आगामी शुक्रबार अर्थात चैत १८ गतेबाट सुरु हुनेछ । यो साझेदारीबारे प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने,”लाखौं नेपालीहरूमा लुकेको प्रतिभा देखाउनेको साथै मनोरञ्जन प्रदान गर्ने प्लेटफर्मको रूपमा काम गर्ने यस प्रकारका रियालिटी शोहरूसँग साझेदारी गर्न पाउँदा हामी उत्साहित छौँ।

साथै खल्ती प्रयोगकर्ताहरूले आफ्नो मनपर्ने प्रतियोगीलाई साथ दिनभोटिङ सेवा प्रदान गर्न पाउँदा खुसी महशुस गरेका छौँ ।” यस भोटिङ सुविधाको साथ(साथै, ‘खल्ती’ले निस्शुल्क बैंक ट्रान्सफर, बैंक लिङ्क , स्क्यान र पे अफरहरू जस्ता विभिन्न अफर र क्याम्पेनहरू निरन्तर ल्याइरहेको जनाएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK