×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोइलाको मूल्य दोब्बरले बढ्यो !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कोइलाको मूल्य दोब्बरले बढ्यो !

Artha Sarokar

२ चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । यति बेला आम नेपाली महंगीको चपेटामा परेका छन् । खाद्यान्नदेखि पेट्रोलियम पदार्थसम्मको अध्याधिक मूल्य वृद्धिको चपेटामा परेका नेपालीमाथि व्यवसायीहरुले विभिन्न बहानामा महंगी निरन्तर बढाउँदै गइरहेको छ । यसैबीच अन्तर्राष्ट्रिय बजारमा दुई महिनाको अवधिमाकोइलाको मूल्य दोब्बरले बढ्दा त्यसको प्रत्यक्ष प्रभाव अधिकांश क्षेत्रमा देखिन थालेको छ ।
गत जनवरीमा प्रतिटन १६० डलर रहेको कोइलाको मूल्य अहिले प्रतिटन ३६० डलर पुगेको छ । २०२१ को अक्टोबर ६ मा कोइलाको मूल्य प्रतिटन २६९ डलर पुगेको थियो तर मूल्य निरन्तर घटेर नोभेम्बरमा प्रतिटन १४० डलरमा झरेको तथ्यांकमा उल्लेख छ । नोभेम्बरपछी भने कोइलाको मूल्य निरन्तर बढिरहेको छ ।
जससंगै अब कोइलाबाट उत्पादन हुने सबैको मूल्य बढ्ने देखिन्छ । अन्तराष्ट्रिय बजारमा कोइलाको मूल्य बढेसंगै अधिकांश निर्माण सामग्रीको मूल्य बढ्नसक्ने कोइला व्यवसायीको भनाई छ । कोइलाको मूल्यवृद्धिसंगै डण्डीको मूल्य पनि २० देखि ३० प्रतिशतसम्म बढ्न सक्ने बताइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी