तनहुँ । विदेशबाट फर्किएर तनहुँका एक युवकले होलेस्टेन र जर्सी जातका उन्नत गाई पालेर दूध बिक्री गरी राम्रो आम्दानी गर्दै आउनुभएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया जानुभएका व्यासनगरपालिका-११ सेरा निवासी रमेशप्रसाद आचार्य स्वदेश फर्किएर गाईपालनमा लाग्नुभएको हो । स्नातक पास गर्नुभएका उहाँ जागिरभन्दा आफ्नै स्वतन्त्र पेसा राम्रो लागेर गाईपालनमा लागेको बताउनुहुन्छ । तीन वर्षको मलेसिया बसाइँमा सन्तोषजनक कमाई भए पनि स्वदेशमै बसेर केही गरौँ भन्ने मनसायले फर्किएर गाईपालन व्यवसाय थालेको आचार्यको भनाइ छ ।
सुरुमा एक÷दुईवटा गाईबाट व्यवसाय सुरु गर्नुभएका उहाँले थप्दै गएर अहिलसातवटा गाई पुर्याउनुभएको र अझै केही गाई थप्ने योजनामा हुनुहुन्छ । दैनिक एक सय साठी लिटर दूध उपभोक्ताको घरघरमा पुगेर बिक्री गर्दै आएको छु । आचार्य भन्नुहुन्छ, “एक सय लिटर अन्यत्र कृषकबाट र साठी लिटर आफ्नो फार्मबाट उत्पादित दूध बिक्री गर्दै आएको छु ।”
आफ्नो बारीको घाँसले मात्रै नपुगेपछि जग्गा भाडामा लिएर वार्षिक रु तीस हजार बुझाउँदै आउनुभएका उहाँ सबै लागत खर्च कटाएर मासिक कम्तीमा रु पचास हजार कमाउँदै आएको र अन्य कुनै निकायबाट अनुदान नपाएको बताउनुहुन्छ । तीन रोपनी जमिनमा मौसमअनुसार तरकारी खेती गरेर राम्रो कमाई पनि गर्दै आउनुभएका आचार्यले काँक्रो, लौका, घिरौँला, फर्सी, भिन्डीलगायत तरकारी खेतीबाट राम्रो कमाई भइरहको छ भन्नुहुन्छ । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्