×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रोकिएन अवैध रकमको कारोबार ! स्रोत नखुलेको २२ लाख नगदसहित ३० वर्षीय कुलदेव कुमाल पक्राउ

GLOBAL IME BANK
SHREE KESH

रोकिएन अवैध रकमको कारोबार ! स्रोत नखुलेको २२ लाख नगदसहित ३० वर्षीय कुलदेव कुमाल पक्राउ

६ चैत्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कास्की । स्रोत नखुलेको २२ लाख नगदसहित एक जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका ३० पावर हाउसस्थित सडकबाट स्रोत नखुलेको नगद २२ लाख रुपैयाँसहित नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका २ रुपौलिया बस्ने ३० वर्षीय कुलदेव कुमाल पक्राउ परेका हुन् ।
काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा. ३ ख ८६२१ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौंडा कास्कीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त स्रोत नखुलेको नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: