×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमाल बस्तीमा खानेपानीको समस्या कायमै, समय खर्च गर्नुपर्ने बाध्यता अझै नहटेको स्थानीयको गुनासो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कुमाल बस्तीमा खानेपानीको समस्या कायमै, समय खर्च गर्नुपर्ने बाध्यता अझै नहटेको स्थानीयको गुनासो

Artha Sarokar

७ चैत्र २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

पाल्पा । ‘एक घर एक धारा’को नीति कार्यान्वयन नहुँदा रैनादेवी छहरा गाउँपालिका–३, छचुवाको कुमाल बस्तीमा खानेपानीको समस्या कायमै छ । यहाँ ११० परिवार कुमाल जातिको बसोबास छ । खानेपानीको धारा जडान नहुँदा पानी बोकेर खानुपर्ने समस्या छ ।

कुमाल बस्तीको तल्लो भागमा मुहानबाट चौबिसैघण्टा पानी बगिरहेको छ । पानीको व्यवस्थापन गर्न हम्मेहम्मे हुने गरेको स्थानीय शर्मिला कुमाल बताउनुहुन्छ । अध्ययन गर्ने बालबालिकाले अधिकांश समय पानीकै लागि समय खर्चिनुपरेको छ । “पढाइ गर्न समयै नै हुँदैन”, उहाँले भन्नुभयो । पानी डोकोमा बोक्नुपर्ने बाध्यता छ ।

मुहानबाट बगेको पानी व्यवस्थित गरी अस्थायी धारा निर्माण गरिएको छ । अस्थायी धाराबाटै स्थानीय बासिन्दाले काम चलाएका छन् । कुवाको पानी ग्रागीमा बोकेर लैजाँदा आधा घण्टा जति समय खर्च गर्नुपर्ने बाध्यता अझै नहटेको स्थानीय बैंकाले कुमालले बताउनुभयो ।

लिफ्ट प्रणालीबाट खानेपानीको वितरणको व्यवस्था गर्नुपर्ने स्थानीयबासीको माग छ । विसं २०५४ मा कुमाल बस्तीमा खानेपानीको धारा जडान गरिएको थियो । टोलटोलका धारा विस्थापित भएपछि बस्तीमा खानेपानीको असुविधा भएको हो । प्रदेश सरकारको रु १० लाख सहयोगमा पानी सङ्कलन गर्ने ट्याङ्की निर्माण र पाइप खरिद कार्य सम्पन्न भएको वडाध्यक्ष लालबहादुर दर्लामीले बताउनुभयो । एक घर एक धारा जडानका लागि काम अन्तिम तयारीमा रहेको वडाध्यक्ष दर्लामी बताउनुभयो । -रासस

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी