×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

छ्याङदी हाइड्रोपावर लिमिटेडको लिलामी सेयरमा आवेदन दिने बुधबार अन्तिम दिन

GLOBAL IME BANK
SHREE KESH

छ्याङदी हाइड्रोपावर लिमिटेडको लिलामी सेयरमा आवेदन दिने बुधबार अन्तिम दिन

८ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । छ्याङदी हाइड्रोपावर लिमिटेडको लिलामीमा सेयरमा आवेदन दिने बुधबार अन्तिम दिन रहेको छ ।कम्पनीले नबिकेको ५९ लाख ८२७ कित्ता सेयर चैत १ गतेदेखि लिलामीमा ल्याएको हो । उक्त सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति, संस्था वा कम्पनीले चैत ९ गते बुधवारसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।
सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । आवेदकले बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिन सक्नेछन् भने अधिकतम सेयर संख्याको लागि कुनै हद नलाग्ने कम्पनीले जनाएको छ ।
साथै आवेदकले ग्लोबल आइएमई बैंकको शाखा कार्यालयहरु विर्तामोड, हनुमान रोड विराटनगर, जनकपुर, आर्दशनगर वीरगञ्ज, हैटौंंडा, नारायणगढ, न्यूरोड पोखरा, बुटवल मिलनचोक, बाग्लुङ, नेपालगञ्ज त्रिभुवन चोक, सुर्खेत, घोराही दाङ, धनगढी र महेन्दनगरमा बोलपत्र फारम पाउन र बुझाउन सक्नेछन् । बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: