जनकपुर । मधेस प्रदेशमा लामो समयदेखि विद्युत् महसुल नतिर्ने १२ हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटिएको छ । विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामका अनुसार विद्युत् उपभोग गरे पनि लामो समयसम्म विद्युत् महसुल नबुझाउने १२ हजार ८३३ ग्राहकको विद्युत् लाइन काटिएको छ ।
मधेस प्रदेशका आठवटै जिल्लास्थित वितरण केन्द्रबाट खटिएको टोलीले चालु आर्थिक वर्षको सात महिनाको अवधिमा विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन कट्टा गरी रु ६४ करोड ३५ लाख महसुल सङ्कलन गरिएको विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालयका प्रमुख इ मुनिन्द्र ठाकुरले जानकारी दिए । लाइन कट्टा गरिएकामध्ये नौ हजार ७१४ जनाले पुनः लाइन जडान गरेको र त्यसबाट रु ४२ करोड ९२ लाख ३९ हजार १९० राजस्व सङ्कलन भएको प्रमुख इ ठाकुरले बताए । विद्युत् मिटर लिएर बिजुली उपभोग गर्ने तर लामो समयसम्म महसुल नबुझाउने प्रवृत्ति बढ्काले विद्युत् लाइन काट्ने अभियान चलाइएको उनको भनाइ छ ।
यस्तै विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि मधेस प्रदेशमा चालु आर्थिक वर्षको सात महिनामा करिब चार प्रतिशत विद्युत् चुहावटमा कमी आएको छ । विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय मातहतका वितरण केन्द्रले चुहावट नियन्त्रणका लागि अभियान चलाएपछि चालु आर्थिक वर्षको साउनदेखि माघ महिनासम्ममा विद्युत् चुहावट तीन दशमलव ८२ प्रतिशतले घटेको छ ।गत आर्थिक वर्षमा १६ दशमलव १२ प्रतिशत विद्युत् चुहावट भएकामा चालु आर्थिकको सात महिनाको अवधिमा विद्युत् चुहावटलाई १२ दशमलव तीन प्रतिशतमा झारिएको विद्युत् प्राधिकरणले जनाएको छ । सबैभन्दा बढी सिरहाको लहान वितरण केन्द्रले १३ दशमलव ९७ प्रतिशत चुहावट नियन्त्रण गरेको छ भने सबैभन्दा कम सर्लाहीको मलङ्गवा वितरण केन्द्रले चार प्रतिशत विद्युत् चुहावट नियन्त्रण गरेको प्रमुख इ ठाकुरले जानकारी दिए ।
यसरी हेर्दा मधेस प्रदेशमा विद्युत् चुहावट नियन्त्रण अभियानबाट विगत सात महिनाको अवधिमा रु ३४ करोड बराबरको विद्युत् चुहावट घट्को अनुमान गरिएको छ । सो अवधिमा चुहावट नियन्त्रण अभियानअन्तर्गत विद्युत् हुकिङ गर्ने एक हजार ५९० लाई पक्राउ गरी तिनीहरूबाट जरिवानाबापत रु तीन करोड ४८ लाख राजस्व सङ्कलन भएको प्रमुख इ ठाकुरले बताए । –रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्