×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘तत्काल कुनै पनि क्षेत्रमा लोडसेडिङ हुँदैन’ : कुलमान घिसिङ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘तत्काल कुनै पनि क्षेत्रमा लोडसेडिङ हुँदैन’ : कुलमान घिसिङ

Artha Sarokar

११ चैत्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: ७ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल विद्युत प्राधिरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तत्काल कुनै पनि क्षेत्रमा लोडसेडिङ नहुने बताउनु भएको छ । बिहिबार नेपाल विद्युत प्राधिरकणमा पत्रकार सम्मेलन गर्दै निर्देशक घिसिङले भारतबाट आयात हुने विद्युतमा समस्या भएकाले मंगलबार देखि विद्युत कटौती गरिएको तर लोडसेडिङ नै हुन अवस्था नभएको बताउनु भएको हो । उहाँले पछिल्लो समय भारतमा बिजुलीको मूल्य अत्याधिक मात्रामा आकासिएकोले मंगलबारदेखि प्राधिकरणले विद्युत आयात नगरेकाले उद्योगमा विद्युत कटौती गर्नु परेको बताउनु भयो । घिसिङले भारतबाट आयात हुने विद्युतमा समस्या आएकाले विद्युत कटौती गरिएको तर लोडसेडिङ नै हुने अवस्था नभएको स्पष्ट पार्नु भयो । उहाँले प्राधिकरणले आज बेलुका १२ बजेदेखि महँगो मूल्यमा आयात गरेर औद्योगिक क्षेत्रमा बिजुली दिने तयारी गरेको बताउनु भयो । प्राधिकरणले प्रति युनिट नेपाली ३८ रुपैयाँ महँगो दरमा भारतबाट बिजुली किनेर औद्योगिक क्षेत्रमा आपूर्ति गर्न लागेको घिसिङको भनाई छ । घिसिङले विश्वभर नै विद्युत अभावको समस्या बढेकाले नेपालमा समेत त्यसको असर परेको हुँदा छोटो समय मात्रै नेपालमा प्रभाव देखिने बताउनु भयो । भारतबाट प्रतियुनिट ३८ रुपैयाँमा ४०० मेगावाटसम्म बिजुली आयात गरेर उद्योगहरुमा विद्युत दिने तयारीमा प्राधिकरणले गरेको घिसिङले बताउनु भयो ।
उहाँले भन्नुभयो,‘हाम्रो वेस मूल्य ६ रुपैयाँ बिहारको पर्ने गरेको थियो । बिहारले मंगलबारदेखि वेस मूल्य नै २० रुपैयाँ १२ रुपैयाँ २३ पैसा पुग्यो बिहारले ११ रुपैयाँ पुग्यो । विद्युत दिन सकिदैन भनेर दिएन । उहाँहरुलाई पनि अफ्ठ्यारो छ । बिहारले १ हजार मेगावट लोडसेडिङ भोगि रहेका छ । मंगलबार देखि नेपालमा विद्युत सप्लाईमा समस्या भयो । हिजोको लागि हामीले अस्ति नै बिड गरिएको थियो। तर विद्येत आयात भएन उद्योगहरुमा समस्या भयो। त्यही भएर केही उद्योगमा विद्युत हिजोबाट उद्योग कटौती गरेको हो । त्यसले गर्दा लोडसेडिङ भयो भन्ने कुरा आयो । त्यो तत्कालको समस्याले गर्दा त्यस्तो भएको हो । हिजो रातीबाट त्यस्तो हुँदैन भनिएको थियो । के आधारमा भनिएको थियो भने ११ रुपैयाँ २३ पैसा त्यहाँको मूल्य थियो । हामीले १२ रुपैयाँमा हालेका थियौ । ५० प्रतिशत पर्छ भन्ने थियो। तर पेरन एभरेज मूल्य नै १५ रुपैयाँ पुग्यो । त्यो भएकाले आज पनि केही उद्योगमा विद्युत कटौती छ । दिउँसो १८० मेगावट आयात भएकाले केही उद्योगलाई समस्या छ । तर प्राधिकरणले आलोपालो गरेर चलाइरहेका छौं । घरेलु वा अन्य कुनै पनि साना उद्योग र साना उद्योग,कर्मसिय उद्योगमा लोड सेडिङ छैन र लोडसेडिङ गदैनौं हुँदैन पनि । उद्योगलाई पनि लोडसेडिङ हुँदैन । तर अहिले तत्काल आएको समस्या आएकाले केही समस्या आएको हो । अब डेर महिना जेठपछि विद्युत उत्पादन बढ्छ । तामाकोशी डेरसय मेगावट पुग्छ । अन्य अरु पनि बढ्छ र यस्तो समस्या पदैन । हाम्रै उत्पादनले पुग्छ । केही आयात गर्नु पर्छ । असारबाट ५०० सय मेगावट विद्युत निर्यात गर्नु पर्ने स्थिति छ । एक डेर महिनाको समयमा केही समस्या पर्ने देखिएको छ । त्यसलाई प्राधिकरण कसरी व्यवस्थापन गर्ने भन्ने तयारीमा लागेको छ । आज १२ बजेबाट कुनै पनि ठाउँमा लोडसेडिङ हुँदैन । कुनै पनि उद्योगमा लाडसेडिङ नहुने गरेर प्राधिरणले व्यवस्थापन गरेका छौं ।’
त्यस्तै, निर्देशक घिसिङले रुस र युक्रेन बीचको तनावको कारण विश्वभर विद्युत आयातमा समस्या बढ्दै गएको बताउनु भयो । उहाँले नेपालमा ८ महिना विद्युत आयात गर्नु नपर्ने अवस्था रहेको बताउनु भयो । तर, ४ देखि ५ महिनाको लागि करिव ४०० मेगावट विद्युत आयात गर्नुपर्ने अवस्था रहेको बताउनु भयो । अहिलेको यो अवधि विद्युत उत्पादन कम हुने र माग बढ्ने भएकाले पनि विद्युत व्यवस्थापनमा समस्या देखिएको घिसिङले बताउनु भयो । भारतमा विद्युत अभावको समस्याको कारण प्राधिकरणले गरेको सम्झौता अनुसार विद्युत आयात नसकेकोले समस्या भएको घिसिङले बताउनु भयो ।
उहाँले भन्नुभयो,‘अहिलेको विद्युत अभाव नेपालको मात्रै होइन विश्वमा नै रहेको छ । विश्वमा नै विद्युत अभाव किन भयो भने भारतमा ७० प्रतिशत पोलवेस जेनेरेसन हो । नेपालले आयात गर्ने भनेको भारतले आयात गरेको कोलबाट मात्रै नेपालले आयात गर्न पाइन्छ भनेर भारतको नीतिमा रहेको छ । भारतमा इन्पोटेट कोलको धेरै ठूलो सटेज भयो । अहिले अन्तर्राष्ट्रिय रुपमा रुस र युक्रेनबीचको तनाव देखि अन्य धेरै समस्या परेको हुनाले सबै मेटियलमा र कोलमा समस्या छ । हिजोको मात्रै विडममा करिव ४ लाख ५० हजार मेगावट प्रतिघण्टाको मागमा बिक्रि भने करिव २ लाख मात्रै हुन सक्यो । कोलको कारण बिक्रि बढ्न सकेको छैन । त्यो कारणले महँगोमा बीट गर्ने भयो । नेपाल विद्युत प्राधिकरणले आयात गरिरहेको तीन वटा अप्सन थियो । हामीलाई बर्षाभरी आयात गर्नु परेको छैन । करिव ८ महिना नेपाललाई विद्युत आयात गर्नु पँदैन । ४ देखि ५ महिना आयात गर्नु पर्छ । अर्को दुई वर्ष सुख्खा समयमा विद्युत आयात गर्नु पर्ने हुनसक्छ । अहिले सुख्खा समय हो । उत्पादन एकदमै कम हुने तर माग बढ्ने समय हो । हामीले आयात गरेको कोल भनेकै इनपोटेट कोलको विद्युत आयात गरेको हो । त्यसमा तीन वटा अप्सन थियो । पहिलो अप्सन भनेको वाइल्याटल सम्झौता जुन एनबीबीएन भारतीय सरकारको सहरकारी कम्पनी एनबीबीएनबाट नेपालले डेर सय मेगावटको आयात डल्केबर प्रसारण लाइनबाट गर्थाै । उहाँहरुसँग एक वर्षको सम्झौता थियो । त्यो सम्झौता डिसेम्बर देखि जुनसम्म डेर सय मेगावट आयात गर्ने थियो। हामीले ४ रुपैयाँ १६ पैसामा सम्झौता परेका थियौं । पिटिसीबाट टनकपुरबाट ४ रुपैयाँ १२ पैसामा आयात गर्ने भनेर सम्झौता परेका थियौ । सम्झौता अनुसार भारतको कोल भनेको आयातित इनेरेटर हो । एक महिना अगाडि उहाँहरुले यो जेनेरेटरबाट निर्यात गर्न नसकिने भयो । उहाँहरुले एक महिना अगाडि नै बन्द गर्नु भयो । एनबीबीएनले ३०/४० मेगावट भए पनि निर्यात गरिरहयो ।’
त्यस्तै, घिसिङले प्राधिकरणले नेपालमा खपत हुनेमध्ये ३० प्रतिशत विद्युत आयात गरिहेको बताउनु भयो । कार्यकारी निर्देशक घिसिङले चालु आर्थिक वर्षको माघ महिनासम्म ४ अर्ब रुपैयाँको विद्युत आयात गरेको बताउनु भयो । प्राधिकरणले यो वर्ष ८ अर्ब रुपैयाँ बराबरको विद्युत आयात गर्ने आँकलन गरे पनि महँगो हुँदै गएकाले करिव १० अर्बको विद्युत आयात हुने घिसिङले बताउनु भयो । उहाँले छोटो समयको लागि भए पनि महँगोमा विद्युत किनेर उद्योग सञ्चालन गर्ने र लोडसेडिङ हुन नदिने बताउनु भयो । घिसिङले अहिले केही समस्या आएपनि लोडसेडिङ नहुने भन्दै उद्योगीहरुले ढुक्क भएर विद्युत खपत गर्न आग्रह गर्नु भयो ।
उहाँले भन्नु भयो,‘ २० रुपैयाँ नै कोड गरे पनि २० रुपैयाँ नै तिनर््ुा पदैन । त्यो एभरेज मूल्य १५ रुपैया वा १२ रुपैयाँ पनि आउन सक्छ । बिहारले सर्पोट गरिरहेको छ । आज दिनमा ३०० मेगा वटा भयो भने व्यवस्थापन हुन्छ । अहिले प्राधिकरण ३० प्रतिशत आयात गरिहेको हो । चालु आर्थिक वर्षको माघ सम्म ४ अर्ब हाराहारीमा मात्रै छ । यो वर्ष ७ देखि ८ अर्ब आयात हुन्छ भन्ने आकलन हो । तर अहिले मूल्य एकदमै महँगो भएको हुनाले १० अर्बको हाराहारीमा पुग्छ होला । गत वर्ष २५ अर्बको आयात थियो। त्यो आयात पुग्दैन । बढीमा ३ महिना मात्रै हो । लोडसेडिङ नै हुन्छ भन्ने कुरा आएको छ हुँदैन । अहिले कै मूल्य रहयो भने ३५ दिनको समय आकलन गरेका छौं । ३५ दिनको लागि १६ रुपैयाँ नै तीनु प¥यो भने करिब ८ अर्ब बढी रमक पर्ने रहेछ । एक दिनमा २२ करोड एक दिनमा पर्छ । छोटो समयमा मँहगो भए पनि उद्योगलाई सजिलो होस् भनेर प्राधिकरण लागेको छ । नीजी क्षेत्रसँग सहयोग गर्नु भनेर माग गरेका छौं । छोटो समयको लागि भए पनि महँगो भएर पनि विद्युत किने उद्योग चालाउने प्राधिकरणको योजना छ । हामी विद्युतमा आत्मनिर्भर हुँदै गएका छौं । गर्मी महिनामा अभाव भए पनि असार पछि भारतलाई बेच्न सक्नु हामी सहज अवस्थामा छौं । उपभोताको आत्मावल बढोस भने हो । विद्युत खपत बढाउनु हो । सुख्खा समयको अभाव आएको छ । संधै यस्तो हुँदैन । तर लोडसेडिङ हुँदैन । जति खपत गर्न सकिन्छ , प्राधिकरण विद्युत दिन तयार छ । २०० मेगावट असार सम्म आउँदैछ । ८ सय मेगावटको सात वटा आयोजनाहरु भारतसँग समन्वय गरेका छौं । सुख्खा समय भन्दा अगाडि गर्ने योजना बनाएको छ। नेपालमा विद्युत खपत बढाउनु पर्छ । अहिले अभाव देखेर खपत बढाउने होइन्। अहिले उद्योगहरुलाई घरघरमा गएर विद्युत खपत बढाउन अभियान चलाएका छौं । उद्योगले चाहे जति विद्युत दिन तयार छ । अहिले केही मूल्य बढेको छ । संधै यस्तो हुँदैन ।’
कार्यकारी निर्देशक घिसिङले महँगोमा विद्युत आयात गरे पनि उद्योगहरुलाई विद्युतको मूल्य नबढाउने बताउनु भयो । उहाँले विद्युत प्राधिकरण उद्योगप्रति उत्तरदायी भएर प्राधिकरण घाटामा गए पनि महँगोमा विद्युत किनेर उद्योलाई दिन लागिएको दाबी गर्नु भयो । भारतबाट ल्याउने बिजुलीको मूल्य प्रतियुनिट ३८ रुपैयाँ पर्ने भएको छ । पछिल्लो समय प्राधिकरणले औसत ११.३३ पैसा भारु (१८ रुपैयाँ) मा बिजुली किन्दै आएको थियो । भोलिपल्टको बिजुली किन्न प्राधिकरणले एक दिनअघि बिड गर्नुपर्छ । बिहीबार बिड गरेको दरमा शुक्रबार मात्र बिजुली पाइन्छ । प्राधिकरणले दैनिक प्रतिस्पर्धामा भारतबाट बिजुली किनिरहेको छ । बिजुली खरिद बिक्रीका लागि भारतको विनिमय बजारमा ९६ वटा ब्लक छन् । विद्युत प्राधिकरणले ती ब्लकमा बिजुली किन्न प्रतिस्पर्धा गर्नुपर्छ । भारतमा बिजुलीको भाउ न्यूनतम सीमा २० रुपैयाँ भारु तोकिएको छ । नेपालमा साँझको समयमा बिजुलीको माग १६०० मेगावाट पुग्ने गरेको प्राधिकरणले बताएको छ । भारतमा बिजुली महँगो हुने भएपछि माथिल्लो तामाकोसी, कालीगण्डकी, मध्यमर्स्याङ्दी र मर्स्याङ्दी आयोजनाको पानी जम्मा गरी साँझ पूर्णक्षमतामा चलाउँदै आएको प्राधिकरणले बताएको छ । यी आयोजनाबाट दिउँसो कम बिजली उत्पादन हुने गरेको छ । अहिले प्राधिकरणका आफ्ना आयोजनाबाट ५२२, सहायक कम्पनीका आयोजनाबाट ३११, निजी उत्पादनकबाट ३१० मेगावाट आपूर्ति भइरहेको बताएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी