×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महाशिवरात्रिको अवसरमा महालक्ष्मी विकास बैंकद्दारा शिविर संचालन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

महाशिवरात्रिको अवसरमा महालक्ष्मी विकास बैंकद्दारा शिविर संचालन

Artha Sarokar

१८ फाल्गुन २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

पोखरा । महालक्ष्मी विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तरगत महाशिवरात्रिको अवसरमा शिविर संचालन गरेको छ । सामाजिक उत्तरदायित्व अन्तरर्गतको कार्यक्रमलाई निरन्तरता दिदै हिन्दुहरुको महान पर्व महाशिवरात्रिको पावन अवसरमा बैंकको पोखरा, लेकसाइड शाखाले पोखरा महानगरपालिका वडा नं.६ मा अवस्थित केदारेश्वर महादेव मन्दिरमा शिविर संचालन गरेको हो ।

महाशिवरात्रिलाई लक्षित गरी केदारेश्वर मन्दिरमा सहभागी भएका व्रतालु तथा भक्तजनहरुलाई दर्शन गर्न सहज होस् भन्ने हेतुले उक्त शिविर संचालन गरिएको पोखरा, लेकसाइड शाखाका शाखा प्रवन्धक नवराज भण्डारीले बताए । केदारेश्वर म्न्दिर दर्शन गर्न पुगेका दर्शालु तथा भक्तजनहरले बैंकले गरेको यस पुण्य कार्यको सराहना गर्दै खुसी व्यक्त गरेका थिए । महाशिवरात्रिमा केदारेश्वर मन्दिरमा सहभागी भएका करिब पाँच हजार व्रतालु तथा भक्तजनहरलाई चिया, फलफुल तथा पानी वितरण पनि गरेको छ । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुलाई अझै प्रभावकारी रुपमा संचालन गर्ने कुरा बैंकले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी