बैतडी । महालक्ष्मी बिकास बैकको बैतडी, पाटन शाखाले पाटन ̵ ४ स्थित भुमेश्वर माध्यमिक विद्यालयलाई खेलकुद सामाग्री हस्तान्तरण गरेको छ । विद्यालयको प्राङ्गरणमा आयोजित एक विशेष कार्यक्रमकाबिच उक्त खेलकुदका सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।
संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यले यस बैंकले “एक शाखा, एक सामाजिक उत्तरदायित्व” कार्यक्रम संचालन गर्दै आएको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्दै आईरहेको छ । सोही कार्यक्रम अन्तर्गत यस बैंकको यस क्षेत्रले भलिबल खेलमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरु उत्पादन गरिसकेकाले यस क्षेत्रका खेलाडीहरुलाई खेलप्रति थप हौसला प्रदान गर्न तथा खेलकुद विकासमा सहयोग पुगोस भन्ने उद्देश्यले खेलकुदका सामाग्रीहरु हस्तान्तरण गरिएको कुरा पाटनका शाखा प्रबन्धक बिजय शाहले बताए ।
बैंकको यस सहयोगबाट विद्यार्थीहरु निकै उत्साहिल भएको र खेलकुद विकासकालागी महालक्ष्मी विकास बैंकले गरेको सहयोगप्रती विद्यालयका प्रधानाध्यापक बिरेन्द्र बहादुर चन्दले धन्यवाद ज्ञापन गरे । महालक्ष्मी विकास बैंकले कोर बैंकिङ्गमा मात्र नभई संस्थागत सामाजिक क्रियाकलापमा समेत अग्रणी भुमिका निर्वाह गर्दे आईरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्