काठमाडौं । देशभर स्थापना भएका लघुवित्तका लगानीकर्ताहरुको साझा संगठन माईक्रोफाइनान्स एसोसिएसन अफ नेपालले २ दिने संचालक शिक्षा तालिम कार्यक्रम सम्पन्न गरेको छ । गत फाल्गुन १५ र १६ गते लघुवित्तका अध्यक्ष तथा संचालकहरुका लागि संचालक शिक्षा अनुशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
तालिममा सहभागी २० वटा लघुवित्तका ३६ जना संचालकरुका लागि नेपाल राष्ट्र बैंक लघुवित्त सुपरिवेक्षण बिभागका कार्यकारी निर्देशक सुमन कुमार अधिकारी, नेपाल राष्ट्र बैकका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठ, पुर्व सचिव तथा लघुवित्तका विज्ञ डा. मान बहादुर वीके, नेपाल राष्ट्र बैकका निर्देशक बुद्धराज शर्मा, नेपाल राष्ट्र बैकका निर्देशक डा. शालिकराम पोखरेल,नेपाल राष्ट्र बैकका पुर्व कार्यकारी निर्देशक बाशुदेव अधिकारी ले प्रशिक्षण दिएका थिए । तालिम कार्यक्रममा प्रशिक्षण सहित बिभिन्न बिषयमा छलफल तथा अन्तरक्रिया पनि गरिएको थियो । लघुवित्तमा देखिएको तरलताको अभाव, निती निययको समस्या, व्याजदरमा देखिएको समस्या लगायत बिषयमा अध्यक्ष तथा संचालकहरुले राखेका प्रश्न तथा गुनासाहरुलाई सम्बोधन गर्दे कार्यकारी निर्देशक अधिकारीले समस्या समाधानका लागि नेपाल राष्ट्र बैक र सरकारको बिषेश फोरममा कुरा उठाउने प्रतिबद्धता व्यत्त गरेका थिए ।
अर्का कार्यकारी निर्देशक डा. क्षेष्ठले नेपालको बर्तमान आर्थिक अबस्थामा प्रशिक्षण सहित सहभागीहरु सगँ अन्तरक्रिया गर्नुभएको थियो भने लघुवित्तका बिज्ञ डा मान बहादुर वीके ले लघुवित्त क्षेत्रमा देखिएका समस्था तथा चुनौतीका बिषयमा आफ्ना तर्कहरु राख्दै त्यसको समाधानका उपायहरुका बिषयमा सहभागीहरुसगँ अन्तरक्रिया गरेका थिए । निर्देशक बुद्धराज शर्माले लघुवित्तका अध्यक्ष तथा संचालकहरुको भुमिका बिषयमा, अर्का निर्देशक डा। शालिकराम पोखरेलले अन्य देशहरुमा लघुवित्त कसरी संचालित हुन्छन् भन्ने बिषयमा र पुर्व कार्यकारी निर्देशक बाशुदेव अधिकारीले कर्पोरेट गभर्नेन्स का बिषयमा प्रशिक्षण सहित सहभागीहरु सगँ अन्तरक्रिया पनि गरेका थिए ।
कार्यक्रममा बोल्दै एमफानका अध्यक्ष जगत बहादुर पोखरेल ले सधै लघुवित्तको व्याजदर महगों भयो भनेर मात्रै कुरा उठ्छ तर हामी गाँउ गाउँमा गएर जनतालाई सहजै तरिकाले दिएको सेवा सुविधाको कुरा उठेको छैन यसमा नेपाल राष्ट्र बैँकको ध्यान जानुपर्ने बताएका थिए । हामी राष्ट्र बैकको निर्देशन इमान्दारी पुर्वक पालन गर्छौँ , तर राष्ट्र बैकले हाम्रो समस्या सुनिदिनुपर्यो अध्यक्ष पोखरेलले भने । लघुवित्त क्षेत्रमा देखिएका वर्तमान समस्याहरुलाई नेपाल राष्ट्र बैंकलाई सुनाएर सम्बन्धित मन्त्रालयसम्म पुर्याउन एमफाननले पहल गर्ने उनले बताए । नेपाल सरकारका पुर्व सचिव तथा लघुवित्तमा पिएचडी गर्नुभएका लघुवित्तका विज्ञ डा। मान बहादुर वीकेले लघुवित्त सम्मेलन गर्न दिनुभएको सुझावमा एमफानको नेतृत्वमा सम्मेलन गर्न एमफानका संचालकहरु सहित सहभागी लघुवित्तका संचालकहरुले प्रतिवद्धता जनाएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्