×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिर्मिरे लघुवित्त संस्थाले रुपन्देहीको बुद्धज्योतीलाई प्राप्ती गर्न गर्यो सम्झौतापत्रमा हस्ताक्षर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मिर्मिरे लघुवित्त संस्थाले रुपन्देहीको बुद्धज्योतीलाई प्राप्ती गर्न गर्यो सम्झौतापत्रमा हस्ताक्षर

Artha Sarokar

२९ फाल्गुन २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपामा प्रधान कार्यालय रहेको मिर्मिरे लघ्वत्त वित्तीय संस्था लि.ले रुपन्देहीको लुम्बीनी सांस्कृतिक नगरपालिकामा रहेको बुद्धज्योती लघुवित्त वित्तीय संस्था लि.लाई प्राप्ती गर्ने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रममा दुबै संस्था बिचमा प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो । मिर्मिरे लघुवित्त वित्तीय संस्थाका तर्फबाट अध्यक्ष टेकबहादुर बोहरा र बुद्धज्योती लघुवित्त वित्तीय संस्थाका तर्फबाट अध्यक्ष गोविन्द पाण्डेयले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । कार्यक्रममा मिर्मिरे लघुवित्त वित्तीय संस्था लि.का संचालकहरु सन्तोष फयल, सञ्जय श्रेष्ठ, प्रविण भट्टराई र प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशी एवं बुद्धज्योती लघुवित्त वित्तीय संस्थाका संचालकहरु देब बहादुर कुँवर, कुमारी शान्ता आचार्य र प्रमुख कार्यकारी अधिकृत भक्त बहादुर खड्काको उपस्थिती रहेको थियो ।

संस्था प्राप्ती पश्चात संस्थाको नाम मिर्मिरे लघुवित्त वित्तीय संस्था रहने र संचालक समिति अध्यक्ष टेकबहादुर बोहरा एवं प्रमुख कार्यकारी अधिकृतमा पुष्करराज जोशी रहने गरी सम्झौता भएको छ भने २०७९ जेठ मसान्त सम्ममा एकिकृत कारोवार गरिसक्ने संस्थाले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी