×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रहरी कार्यालयलाई मिर्मिरे लघुवित्त संस्थाले गर्यो १५ थान कुर्सी सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

प्रहरी कार्यालयलाई मिर्मिरे लघुवित्त संस्थाले गर्यो १५ थान कुर्सी सहयोग

Artha Sarokar

१७ फाल्गुन २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले झापाको बनियानी स्थित प्रहरी चौकीलाई १५ थान कुर्सी सहयोग गरेको छ । संस्थाले झापाको बनियानी स्थित इलाका प्रहरी कार्यालयलाई संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कुर्सी सहयोग गरेको हो ।  संस्थाका बिर्तामोड उप प्रादेशिक कार्यालय प्रमुख किरण विष्टले उक्त सामाग्रीहरु प्रहरी नायब निरिक्षक नर बहादुर तुम्बाहाम्फेलाई हस्तान्तरण गरेका हुन् ।

सोमबार इलाका प्रहरी कार्यालय बनियानीमा एक कार्याक्रमका बिच उक्त सामानहरु हस्तान्तरण गरिएको हो । प्रहरी नायब निरिक्षक तुम्बाहाम्फेले कार्यालयमा कुर्सीको अभावले सेवाग्राहीहरु आउँदा समस्या भइरहेको जानकारी गराएपछि संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त सहयोग गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशीले जनाकारी दिए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी