अछाम । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले अछाम स्थित शाखा कार्यालय चौरपाटीबाट अछाम जिल्ला चौरपाटी गाउँपालीका वडा नं. १ सिउडी, बयालेमा रहेको दक्षिणकालिका आधारभुत विद्यालयमा सोमबार शैक्षिक सामाग्रीहरु वितरण गरेको छ । कक्षा १ देखि ३ सम्मका सबै विद्यार्थीहरुलाई झोला, कापी, कलम लगायत स्टेशनरी सामाग्रीहरु सहयोग गरेको हो ।
साथै सोहि कार्यक्रममा विद्यालयलाई नगद ५० हजार पनि सहयोग गरेको छ । त्यसै गरि सोमबार नै अछाम जिल्लाको चौरपाटी गाउँपालिका वडा नं २ सोकट स्थित गौरिशंकर आधारभुत बिद्यालयमा कक्षा १ देखी ३ सम्मका ८६ जना बिद्यार्र्थीहरुलाई पनि झोला, कापी, कलम लगायत सामाग्रीहरु र बिद्यालयलाई नगद रु. १ लाख सहयोग गरेको छ । संस्थाको संस्थागत सामािजक उत्तर दायित्व कार्यक्रम अन्तरगत बिकट स्थानमा रहेका बिद्यालयमा अध्यनरत बाल बालबालिकाहरुलाई उत्प्रेरणा तथा शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यका साथ संस्थाका संचालक समिति अध्यक्ष टेक बहादुर बोहरा तथा स्थानीय अगुवा समाजसेवी जय बहादुर साउदले उक्त सहयोग सामाग्रीहरु सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरेको हो ।
सो कार्यक्रममा विद्यार्थीहरु, अभिभावकहरु, स्थानीय बुद्धिजिवीहरु साथै संस्थाका नायब कार्यकारी प्रमुख राजेन्द्र प्रसाद न्यौपाने, सुदुर पश्चिम प्रादेशिक कार्यालय प्रमुख स्वयम्भू श्रेष्ठ, अमरगढी उप प्रादेशिक कार्यालय प्रमुख तेज बहादुर खत्री र चौरपाटी शाखाका शाखा प्रबन्धक कटक बहादुर शाह लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्