×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१२ मेगावाट क्षमताको म्रिस्ट्रीखोला दोस्रो जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढ्यो, लागत कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

१२ मेगावाट क्षमताको म्रिस्ट्रीखोला दोस्रो जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढ्यो, लागत कति ?

Artha Sarokar

१३ चैत्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा १२ मेगावाट क्षमताको म्रिस्ट्रीखोला दोस्रो जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढेको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा गत वर्ष ४२ मेगावाट क्षमताको म्रिस्ट्रीखोला पहिलो जलविद्युत् आयोजना बनाएको माउन्टेन इनर्जी नेपाल लिमिटेडले सोही आयोजनाको विद्युत्गृहबाट निस्कने पानीबाट अर्को आयोजना बनाउने तयारी गरेको हो । सर्वेक्षण सकिएको आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार पार्ने क्रममा रहेको परामर्शदाता संस्था इन्भाइरोमेन्टल पार्टनर्स प्रालिका शङ्कर बस्यालले बताउनुभयो । “म्रिस्ट्रीखोलाको विद्युत्गृहबाट निस्कने पानीलाई पाइपलाइन र सुरुङमार्फत घारखोला नजिकैमा निर्माण हुने भूमिगत विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गर्न लागिएको हो,” उहाँले भन्नुभयो ।
म्रिस्ट्रीखोलाको विद्युत्गृहदेखि पाउद्वार तातोपानी कुण्डभन्दा तलसम्म एक किलोमिटर हेडरेस कल्भर्ट र त्यहाँबाट दुई किलोमिटर ८८.२९ मिटर लामो सुरुङबाट ल्याएको पानी ७३.३७ मिटर उचाइको आउटलेटबाट विद्युत्गृहमा खसालिनेछ । पहाडभित्र भूमिगत विद्युत्गृह बनाइने आयोजनाबाट वार्षिक ६६.४३ मेगावाट क्षमताको विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । कूल रु दुई अरब १४ करोड ८३ लाख लागत अनुमान गरिएको आयोजना निर्माण अवधि तीन वर्षको हुनेछ । लागतका हिसाबले यो आयोजना सस्तो हुने माउन्टेन इनर्जीका प्रतिनिधि राजेन्द्र शर्माले बताउनुभयो ।
शर्माले तातोपानी कुण्डलाई असर नहोस् भनेर सुरुङको विकल्प खोजिएको बताउनुभयो । कालीगण्डकी किनार नजिकैबाट घट्टखोलाको पानी पनि म्रिस्ट्रीखोला–२ को सुरुङमा मिसाइने भएकाले नारच्याङको सिँचाइ तथा खानेपानीमा असर नपुग्ने उहाँले बताउनुभयो । अन्नपूर्ण गाउँपालिका–४, ५, ३ र २ नम्बर वडा आयोजनाबाट प्रभावित हुनेछन् । पाउद्वार तातोपानी कुण्ड संरक्षणका लागि रु २५ लाखसहित आयोजना निर्माणका क्रममा हुने वातावरणीय असर न्यूनीकरणका लागि रु ७८ लाख विनियोजन भएको छ । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी