काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र लगानी वोर्ड नेपालबीच सम्झौता भएको छ । आपसी सहकार्यका माध्यमबाट मुलुकभित्र आन्तरिक र वाह्य लगानी प्रवद्र्धनमा सहकार्य गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको हो । अर्थमन्त्री जनार्दन शर्माको समुपस्थितिमा भएको उक्त समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र वोर्डका प्रमुख कार्यकारि अधिकृत सुशिल भट्टले हस्ताक्षर गरेका थिए ।
सहमती अनुसार अव महासंघको सचिवालयमा प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी सहायता कक्ष समेत स्थापना गरिने भएको छ । सहायता कक्षको संचालनमा वोर्डका तर्फबाट प्राविधिक सहयोगका साथै सहायता कक्षको क्षमता अभिवृद्धि, शीप विकास र ज्ञानको आदानप्रदानमा सहयोग गरिनेछ । समझदारी अनुसार महासंघले राष्ट्रको आवश्यकता अनुसारका लगानी परियोजनाको पहिचान, अन्तराष्ट्रियरुपमा आफनो माध्यम मार्फत लगानीकर्ताको खोजी गर्ने कार्यमा वोर्डलाई सक्रियतापूर्वक सहयोग गर्ने छ । त्यसैगरी महासंघले स्वदेश तथा विदेशमा लगानी सम्बन्धी रोड सोका अतिरिक्त महत्वपूर्ण गतिविधिको आयोजनामा सहयोग गर्ने छ ।
त्यसैगरी लगानी प्रवद्र्धनका दिशामा सार्वजनिक निजी साझेदारीको अवधारणाभित्र रही दुवै संस्था निरन्तर सहकार्य, लगानी सम्बन्धी ज्ञान, अनुुभव एवं सूचनाको आदानप्रदान, नीतिगत सुधारमा सहकार्य गर्ने छन् भने एफडीआई तथा लगानी प्रवद्र्धनका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा आयोजना हुने सभा, सम्मेलन, प्रर्दशनी, गोष्ठी, कार्यशाला, तालीम र यस्तै प्रकारका अन्य गतिविधिहरुको आयोजनामा महासंघले वोर्डलाई प्रत्यक्ष सहयोग पुुर्याउने छ । महासंघको अन्तराष्ट्रिय लगानी प्रवद्र्धन समितिले लगानी प्रवद्र्धनका लागी तयार गर्ने सवै दस्तावेजहरुमा वोर्डले पनि सहयोग गर्ने छ । त्यसैगरी दुवै संस्थाले लगानी सम्बन्धी तथ्याक, प्रतिवेदन,संयुक्त रुपमा तयार पारिएका प्रतिवेदनहरु, वाह्य लगानी आकर्षणमा देखा परेका चुनौती तथा अवसरहरु र सार्वजनिक निजी साझेदारीमा लगानी सम्बन्धी नीति पैरवी लगायतमा सहयोग, सहकार्य, आदान प्रदान गर्नेछन् ।
महासंघले लगानीका अवसर सम्बन्धी डाइरेक्टरीको तयारीमा पनि सहयोग गर्नेछ । त्यसैगरी दुवै संस्थाले सवै प्रकारका लगानी, परियोजना विकास लगायतमा संयुक्त रुपमा अध्ययन अनुसन्धानमा समेत सहकार्य गर्नेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्