कपिलवस्तु । मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व अन्र्तरगत कपिलवस्तु स्थित कैलाश आश्रम धामलाई आर्थिक सहयोग गरेको छ । बैंकले कैलाश आश्रम धामद्धारा संचालित मनकामना गुरुकुलमा भवन निर्माण कार्य सम्पन्न गर्नका लागि आर्थिक सहयोग गरेको हो । बैंकले कैलाश आश्रम धामलाई एक कार्यत्रम बीच चेक हस्तानतरण गरेको छ ।
उक्त कार्यक्रममा बैंकका तर्फबाट बुटवल क्षेत्रीय प्रमख राजेन्द घिमिरे, जीतपूर शाखाका प्रबन्दक लेखेन्द जि.सी. र अन्य कर्मचारीहरुको उपस्थिति तथा कैलाश आश्रम धामको तर्फबाट आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।यस सहयोगबाट गुरुकुलमा आउने भक्तजनहरु विश्राम तथा परोपकारी उद्देश्यले गरिने कार्यहरुलाई सहजताका साथ पूरा गर्न मद्दत पुग्ने धारणा बैंकले लिएको छ । मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोग र कार्यक्रमबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्