Skip to content
LAXMI SUNRISE BANK

‘म्यादी प्रहरीमा जागिर लगाइदिन्छु’ भन्दै ठगी गरेको आरोपमा एक पक्राउ

अर्थ सरोकार

सप्तरी । सप्तरीमा म्यादी प्रहरीमा भर्ना गराई दिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना परेका छन् । महादेव गाउँपालिका-२ बस्ने २३ वर्षीय अरबिन्दकुमार मण्डललाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको हो।
स्थानीय तहको निर्वाचन २०७९ लागी म्यादी प्रहरी भर्नाका लागि दरखास्त फारम भरिसकेका विभिन्न व्यक्तिहरूसँग उनले रकम लिएको आरोप छ । म्यादीमा लगाइदिन्छु भन्दै फकाएर रकम लिएको भन्ने सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK