वीरगञ्ज । सशस्त्र प्रहरीले बाराको सिम्रौनगढबाट नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ दिगम्बरपुर बस्ने १९ वर्षीय विरेन्द्र महतो १ हजार दरका ३ सय १ थान नक्कली नोट र सक्कली १ हजार ५ सय २५ रुपैयाँसहित पक्राउ परेका हुन् ।
सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी, बर्दिबासका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडामगरले सिम्रौनगढ नगरपालिका-६ अम्मरपुरस्थित सीमा क्षेत्रमा नहरतर्फ आउँदै गरेको लु ७८ प ३३९७ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा चालक महतोको साथबाट नक्कली नोट फेला परेको बताएका हुन् ।
बरामद गरिएको नक्कली र सक्कली नोट, मोटरसाईकलसहित महतोलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्