×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नारायणी डेभलपमेन्ट बैंकको १ लाख ४५ हजार कित्ता सेयरमा आवेदन दिने बिहिबार अन्तिम अवसर

PRIME CA

नारायणी डेभलपमेन्ट बैंकको १ लाख ४५ हजार कित्ता सेयरमा आवेदन दिने बिहिबार अन्तिम अवसर

१६ चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको १ लाख ४५ हजार ६४९ कित्ता सेयर लिलामीमा आवेदन दिने भोलि बिहिबार अन्तिम दिन रहेको छ । कम्पनीको सो सेयरमा भोलि कार्यालय समयसम्म आवेदन दिन सकिने भएको हो ।बैंकले चैत १० गते बिहिबारदेखि संस्थापक समूहको १ लाख ३१ हजार ९९८ कित्ता र सर्वसाधारण समूहको १३ हजार ६५१ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको थियो ।
लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । बैंकले यसअघि गत पुस ७ गतेदेखि माघ १२ गतेसम्म १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो समयमा बिक्री नभएको बाँकी सेयर बैंकले लिलामीमा ल्याएको थियो ।
बोलपत्र बिक्री प्रबन्धकसँगै ग्लोबल आईएमई बैंकका शाखा कार्यालय विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, दाङ, धनगढी, महेन्द्रनगरमा प्राप्त गर्न र पेश गर्न सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: