×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरम नपुगेपछि स्थगित भएको नेशनल हाइड्रोपावरको साधारणसभा अब चैत ११ गते हुने, यस्ता छन् पेस गरिन एजेन्डा

PRIME CA

कोरम नपुगेपछि स्थगित भएको नेशनल हाइड्रोपावरको साधारणसभा अब चैत ११ गते हुने, यस्ता छन् पेस गरिन एजेन्डा

१ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । कोरम नपुगेर सोमबार स्थगित भएको नेशनल हाइड्रोपावर कम्पनीको वार्षिक साधारणसभा अब चैत ११ गते हुने भएको छ । कम्पनीको सभा डेलिश ओपेरा रेष्ट्रो एन्ड बैंक्वेट, बालुवाटार काठमाडौंमा दिउँसो १ बजे हुने भएको हो । सभाले गत आर्थिक वर्षको नाफाबाट १८.५२५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.९७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।
यस्तै सभाले चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले सुनकोशी हाइड्रोपावर कम्पनीलाई एक्वायर गर्ने प्रस्ताव पनि सभामा पेश गर्ने भएको छ । सुनकोशी हाइड्रोपावरलाई नेशनल हाइड्रोपावरले १ः०.२५ अनुपातमा एक्वायर गर्ने प्रस्ताव सभामा लैजाने भएको हो ।
सभाले एक्विजिसन सम्बन्धी भएका सम्पूर्ण कार्यहरु अनुमोदन गर्नेछ । यता सभामा ७ जना सञ्चालकहरुको निर्वाचन पनि हुनेछ । कम्पनीले सभा प्रयोजनका लागि फागुन १३ गते बुक क्लोज गरिसकेको छ । तर्सथ फगुन १२ गतेसम्म नेप्सेमा कायम रहेका सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउने भएको छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: