×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०% लाभांश पारित गर्न नेशनल लाइफ कम्पनीको वार्षिक साधारणसभा फागुन २९ गते हुँदै, यस्ता छन् अरु प्रस्तावहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

२०% लाभांश पारित गर्न नेशनल लाइफ कम्पनीको वार्षिक साधारणसभा फागुन २९ गते हुँदै, यस्ता छन् अरु प्रस्तावहरु

२५ फाल्गुन २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेशनल लाइफ कम्पनीको वार्षिक साधारणसभा फागुन २९ गते हुने भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा भर्चुअल माध्यमबाट बिहान १०ः३० बजे सुरु हुने भएको हो । सभामा आर्थिक वर्ष २०७६–७७ को नाफाबाट २०% लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।
लगानीकर्तालाई १९% बोनस र कर प्रयोजनका लागि १% नगद लाभांश वितरण गर्न लागिएको हो । २०७६–७७ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ । सभाले २०७७–७८ को लागि लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक तोक्नेछ ।
लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २२ गते बुक क्लोज गर्ने भएको छ । फागुन २१ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी