काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सभा आज फागुन २९ गते आइतबार बस्दैछ । सभा नेशनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा भर्चुअल माध्यमबाट बिहान १०ः३० बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को नाफाबाट कम्पनीले १९ प्रतिशत बोनस र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।
यस्तै २०७६/७७ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल गरी पारित गर्ने विषय पनि रहेको छ । सभाले २०७७/७८ को लागि लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने एजेण्डा पनि रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले फागुन २२ गते बुक क्लोज गरिसकेको छ । तसर्थ फागुन २१ गतेसम्म कायम सेयरधनीले मात्र उक्त लाभांश पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्