काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सको कम्पनीको ३३औं वार्षिक साधारण सभा आज (आइतबार) सम्पन्न भएको छ । कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो ।
सभामा कम्पनी अध्यक्षले कोभिड १९ को प्रकोप यथावत रहेतापनि प्रतिष्पर्धात्मक बजार एवं नियामकीय प्रयासहरु साथै बीमितको आवश्यकता अनुसारको उच्च गुणस्तरीय बीमा योजनाहरुले गर्दा जीवन बीमा बजारको लागि राम्रो आधार सिर्जना भएको बताए । नेपालको बीमा बजारमा आउने दिनहरुमा जोखिम सुरक्षा गर्ने बीमा योजनाहरुको बढी मांग हुने आकलन गर्दै आर्थिक समावेशी एवं वित्तिय साक्षरतामा बृद्धि गर्ने नेपाल सरकारको प्रयासहरु साथै बढ्दो घरेलु वचत एवं प्रति व्यक्ति आम्दानीमा भएको वृद्धिको कारणले समेत जीवन बीमा क्षेत्रमा थप टेवा पुग्न गएको धारणा व्यक्त गरे ।
सभामा अध्यक्षले आ.व.२०७६-०७७ मा कम्पनीको सबै वित्तिय सूचाङ्कहरु उत्साहप्रद रहेको छ । कूल बीमा शुल्क १५.१२ प्रतिशतले वृद्धि भई रु.९२६.७४ करोड पुगेको छ । जीवन बीमा कोष २४.२९ प्रतिशतले बृद्धि भई रु.३,३४६ करोड पुगेको र कूल लगानी १८.८४ प्रतिशतले बृद्धि भई रु.३,१८५ करोड पुगेको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन कम्पनी प्रयासरत रहेको र आ.व.२०७६-०७७ मा वार्षिक औसत प्रतिफल १०.१६ प्रतिशत कायम रहेको साथै कम्पनीको चुक्ता पूँजी समेत सन्तोषजनक रहेको र चालु वर्षको वोनस समेत गरी कूल पूँजी रु.४ अरब ३ करोड नाघेको छ । कम्पनीको बीमाङ्कीय मूल्याङ्कन सन्तोषप्रद रहेको र नियामकीय निर्देशन अनुसारमा यथेष्ट ब्यवस्था गरिए पनि बीमितहरुलाई पूर्व वर्ष सरह वोनस दर प्रदान गर्न सफल भएको छ । आगामी वर्षहरुमा समेत बीमितहरुलाई बीमालेखमा यथोचित प्रतिफल उपलब्ध गराउने अध्यक्षले कम्पनीको प्रतिबद्धता जनाउनु भयो ।
सभामा अध्यक्षले आ.व.२०७७-०७८ मा कम्पनीको ब्यवसाय सन्तोषजनक रहेको र प्रथम बीमाशुल्क ७१ प्रतिशतले बृद्धि भई रु.४ अरब नाघेको जानकारी गराए । आउने दिनहरुमा समेत नेशनल लाईफ इन्स्योरेन्स कम्पनी एक मूख्य बीमकको रुपमा आम सर्व साधारणको जीवन बीमाको आवश्यकता परिपूर्ती गर्नमा अग्रमणी भूमीका निर्वाह गर्नेमा विश्वास प्रकट गरे । कम्पनीले शाखा सन्जाल, अभिकर्ता ब्यवसायीकरण एवं प्रविधिमा थप लगानी गर्ने योजना रहेको जानकारी गराए ।
३३औं वार्षिक साधारण सभाले आ.व. २०७६-०७७ को लागि चुक्ता पूँजीको १९ प्रतिशत वोनस शेयर जारी गर्ने र सो वोनस शेयर वापतको कर प्रयोजनको लागि रु.३,३९,०८,८९२ र नगद लाभांश प्रस्ताव पारित गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्