×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसेलले ल्यायो नयाँ अल टाइम डेटा प्याक, बढ्यो ननस्टप युट्युब प्याकको भोल्युम

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एनसेलले ल्यायो नयाँ अल टाइम डेटा प्याक, बढ्यो ननस्टप युट्युब प्याकको भोल्युम

Artha Sarokar

१८ फाल्गुन २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनसेल आजियाटाले आफ्ना ग्राहकका लागि नयाँ अल टाइम डेटा प्याक ल्याएको छ । ननस्टप युट्युब अफर अन्तर्गतको एक अल टाइम डेटा प्याकको भोल्युम उही शुल्कमा दोब्बर प्रदान गरेको हो । नयाँ अल टाइम डेटा प्याकमा ७ दिनको समयसीमा रहेको ५ जीबी अल टाइम डेटा ग्राहकले करसहित १२५ रुपैयाँमा प्रयोग गर्न सक्छन् ।

त्यस्तै ननस्टप युट्युब प्याक अन्तर्गत ग्राहकले करसहित १४७ रुपैयाँमा ७ दिनको समयसीमा रहेको ४ जीबी अल टाइम डेटा, भाइबर म्यासेजिङका लागि छुट्टै ५०० एमबी डेटा र यूट्युबमा ननस्टप पहुँच पाउँछन् । पहिला ग्राहकले यस युट्युब प्याकमा यहीं मूल्यमा २ जीबी अल टाइम डेटा पाउँदै आएका थिए, अब यो भोल्युम बढेर ४ जीबी भएको कम्पनीले जनाएको छ । यी प्याकहरु आज मंगलबारबाट सञ्चालनमा ल्याइएका हुन् । एनसेलका अनुसार ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी नयाँ ५ जीबी अल टाइम डेटा प्याक प्रयोग थाल्न सक्छन् ।

त्यस्तै ग्राहकले ननस्टप युट्युबसँग बन्डल गरिएको ४ जीबी अल टाइम डेटा र ५०० एमबी भाइबर म्यासेजिङ डेटा बण्डल पनि एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार प्रयोग थाल्न सक्छन् । ग्राहकले एनसेलको एप तथा वेबसाइटमार्फत पनि यी प्याकहरु खरिद गर्न सक्छन् । यी प्याकहरु सुरु भएको दिनबाट ७ दिनको लागि मान्य रहनेछ ।

 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी