काठमाडौं । सरकारी स्वामित्वमा रहेको नेपाल बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले शुक्रबार एक सूचना जारी गर्दै ३०३ स्थायी कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।
जसमा बैंकले सहायक प्रवन्धकमा ६२ जना कर्मचारी माग गरेको छ । आइटीतर्फको सहायक प्रवन्धकमा ५ जना, चार्टड एकाउन्टेन्टतर्फको सहायक प्रवन्धकमा १५ जना र इलेक्ट्रिकल इन्जिनियरतर्फको सहायक प्रवन्धकमा १ कर्मचारी माग गरिएको छ । यस्तै विभिन्न प्रदेशका शाखा कार्यालयका लागि सहायक पदमा १९६ कर्मचारी माग गरिएको छ ।
प्रदेश एकका लागि ४० जना, प्रदेश दुईका लागि २८, तीनका लागि ४२, चारका लागि २६, पाँचका लागि ३५, प्रदेश ६ का लागि १३ र सातका लागि १२ जना सहायक पदमा कर्मचारी माग गरिएको हो । योग्यता पुगेका उम्मेदवारले १० चैतसम्म अनलाइनबाट आवेदन दिन सक्ने बैंकले जनाएको छ ।





Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्