×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल फाइनान्सले ३४ लाख ५४ हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने, धितोपत्र बोर्डबाट पायो अनुमति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल फाइनान्सले ३४ लाख ५४ हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने, धितोपत्र बोर्डबाट पायो अनुमति

Artha Sarokar

९ चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल फाइनान्स लिमिटेडलाई ७० प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको छ । बोर्डले फाइनान्सलाई १० बराबर ७ को अनुपातमा प्रतिसेयर १०० अंकित दरको ३४ करोड ५४ लाख ४७ हजार ४२८ बराबरको ३४ लाख ५४ हजार ४७४.२८ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो ।
गत कात्तिक १ गते निवेदन दिएको नेपाल फाइनान्सले चैत ८ गते बोर्डको स्वीकृति पाएको हो । यो हकप्रद सेयर बिक्रीको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले पाएको छ । फाइनान्सले यसअघि १ बराबर १.७५ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णयलाई परिमार्जन गरी ललितपुर फाइनान्सलाई प्राप्तपश्चात कायम भएको चुक्तापूँजी ४९ करोड ३४ लाख ९६ हजारको आधारमा ७० प्रतिशत हकप्रद सेयर निष्कासनको तयारी कम्पनीले गरेको हो । हकप्रदपश्चात कम्पनीको चुक्तापूँजी ८३ करोड ८९ लाख ४३ हजार पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी