काठमाडौं । नेपाल हाइड्रो एण्ड इलेक्ट्रिकको १७औं वार्षिक साधारणसभा चैत १६ गते हुने भएको छ । सभा, कम्पनीको रजिष्टर्ड कार्यालय, बुटवलमा बिहान ११ बजेदेखि सुरु हुने भएको हो ।
कम्पनीले सभामा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल गर्ने जनाएको छ ।
साथै आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ ।