काठमाडौं । ११२औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा जेसीआई काठमाडौं लेडीको नारी सम्मान कार्यक्रम सम्पन्न भएको छ । नारीहरुको व्यक्तित्व र नेतृत्व विकास गर्दै आइरहेको जेसीआई काठमाडौं लेडीले अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर विभिन्न क्षेत्रमा योगदान पुर्याएका महिलाहरुलाई सम्मान गरेको छ । सम्मान कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले पानसमा दिप प्रज्बलन गरी कार्यक्रमको उदघाटन गरेका थिए ।
कार्यक्रममा समाजसेवी सामाजिक कार्यकर्ता सृष्टि के.सी., वरिष्ठ बाल चिकित्सक डा. शान्ता भट्ट, नेपाली महिला राष्ट्रिय क्रिकेट टोली कि प्रथम क्याप्टेन रितु कनौजिय, संगीत क्षेत्रकी तबला बादक सरिता मिश्र, हेवी लामो दुरी गाडी चालक प्रथम महिला रेबिका थापा लाई सम्मान गरिएको थियो । कार्यक्रम जेसीआई काठमाडौं २०२२ को अध्यक्ष जेसी सोनी श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । सम्मान कार्यक्रमले महिलाहरुमा थप ऊर्जा उत्पन्न हुने र महिला शसक्तिकरण मा नयाँ आयाम थपिने जेसीआई काठमाडौं लेडीको अध्यक्ष सोनी श्रेष्ठले बताएका थिए । कार्यक्रममा बिशेष अतिथी जेसीआई काठमाडौं लेडीको पुर्व अध्यक्ष, जेसीआई नेपाल को पुर्व अध्यक्ष, जेसीआई उपाध्यक्ष सिनेटर कृती तुलाधर, अतिथि जेसीआई नेपाल क्षेत्र ग को लागि निरुपित जेसी रमा प्याकुरेल, जेसीआई नेपाल क्षेत्र ग अन्तर्गत जेसीआई काठमाडौं लेडीको लागि निरुपित जेसी योगी राज अधिकारि, साथै नेपाल जेसीज को उपाध्यक्ष क्षेत्र ग को लागि निरुपित जेसी जीवन कार्की लगायतको उपस्थिती रहेको थियो ।
सम्मान कार्यक्रममा जेसीआई काठमाडौं लेडीको निवर्तमान अध्यक्ष जेसी रिन्कु बज्राचार्यले जेसीजको आस्था पाठ गराएका थिए । स्वागत मन्तव्य जेसीआई काठमाडौं लेडी २०२२ को कार्यकारिणी उपाध्यक्ष जेसी शर्मिला नकर्मीले राख्नु भएको थियो भने धन्यवाद मन्तव्य जेसीआई काठमाडौं लेडी २०२२ को उपाध्यक्ष तथा कार्यक्रम संयोजक जेसी शान्ता भट्टराईले राख्नु भरेका थिए । सम्मान कार्यक्रम नेपाल जेसीज भवन थापाथलीमा भएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्