Skip to content
LAXMI SUNRISE BANK

आयल निगमले दोस्रो किस्ता बापतको १२ अर्ब ३० करोड रुपैयाँ आईओसीलाई बुझायो

अर्थ सरोकार

काठमाडौं । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) लाई १२ अर्ब ३० करोड रुपैयाँ भुक्तानी गरेको छ । बुधबार निगमले मार्च महिनाको इन्धन खरिद बापतको दोस्रो किस्ता बापतको १२ अर्ब ३० करोड रुपैयाँ भुक्तानी गरेको जनाएको हो ।
निगमले गत ८ मार्चमा इन्धन खरिद बापतको पहिलो किस्ता १४ अर्ब ३० करोड रुपैयाँ भुक्तानी गरेको थियो । यस पटकको भुक्तानीका लागि निगमको नियमित बिक्रीबाटै रकम पुगेको निगमको भनाई छ । तर निगम अझै मासिक १० अर्ब घाटामा रहेकाले ८ अप्रिलको भुक्तानीमा निगमलाई थप दबाब परेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK