काठमाडौँ । नेपाल राष्ट्र बैंकले १० अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन र ३६४ दिनको लागि ट्रेजरी बिल बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले ९१ दिनको लागि ५ अर्व रुपैयाँ र ३६४ दिनको लागि ५ अर्व रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको हो।
ट्रेजरीको बोलकबोल सोमबार दिउँसो ३ बजे अनलाइनमार्फत खुला हुनेछ। ९१ दिने ट्रेजरी आगामी २०७९ जेष्ठ २१ गते परिपक्व हुनेछ भने ३६४ दिने ट्रेजरी २०७९ फागुन ३० गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैरबैंक तथा वित्तीय संस्थालगायतलाई राष्ट्र बैंकले मंगलबार ट्रेजरी बिल जारी गर्नेछ।
राष्ट्र बैंकले सरकारलाई आवश्यक पर्ने अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत् ऋणपत्र बिक्री गर्ने गर्दछ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्