काठमाडौं । नेपाली सेनाले विभिन्न प्राविधिक पदका लागि कर्मचारीको माग गरेको छ । सेनाले लेखा उप सेनानी, प्राडा उप सेनानी, पाइलट उप सेनानी तथा विभिन्न टेडका प्राविधिक अधिकृत पदहरुको लागि दरखास्त आव्हान गरेको हो ।
सेनाले उप– सेनानी एमबीबीएस डाक्टरतर्फ ५० जना, लेखा उपसेनानीतर्फ ४० जाना, सैनिक उपचारिका उप– सेनानीतर्फ १८ जना, कम्प्युटर प्राविधिक उप– सेनानी १६ जना साथै अन्य २५ ओटा पदका लागि १९४ जना प्राविधिक अधिकृत माग गरेको हो ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले नेपाली सेनाको आधिकारिक वेब साइट https://www.nepalarmy.mil.np/ भित्र JOIN THE ARMY को Recruitment and Selection बाट online दरखास्त फाराम भरी सो को प्रिन्ट आउटसहित स्वयम् उपस्थित भई रु.१०।– को टिकट टाँसी दरखास्त पेस गर्न सक्नेछन् ।
इच्छुकले २०७९ वैशाख १३ गतेसम्म र दोब्बर दस्तुरसहित थप दिन ७ सम्म कार्यालय समय भित्र दर्ता गर्न सक्नेछन् । नारायणहिटी स्थित श्री नेपाल क्याभलरी उत्तर तर्फको खेल मैदानमा दरखास्त फाराम पेस गर्नुपर्ने सेनाले जनाएको छ ।


Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्