काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको चैत १७ गते बिहीबार वार्षिक साधारणसभा हुने भएको छ । सभा अम्रपाली ब्यांक्वेट बालुवाटार काठमाडौंमा बिहान १०ः३० बजेबाट सुरु हुने भएको छ । सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत नगदसहित कुल १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव पारित हुने भएको छ ।
आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्नेछ । यस्तै आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि रहेको छ ।
कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विषय पनि रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले चैत ६ गते बुक क्लोज गरिसकेको छ । तर्सथ चैत ५ गतेसम्म नेप्सेमा कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउने कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्