×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१०.५२ प्रतिशत लाभांश पारित गर्न एनएलजी इन्स्योरेन्सको १६औँ वार्षिक साधारणसभा बिहिबार हुँदै

PRIME CA

१०.५२ प्रतिशत लाभांश पारित गर्न एनएलजी इन्स्योरेन्सको १६औँ वार्षिक साधारणसभा बिहिबार हुँदै

१६ चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १६औँ वार्षिक साधारणसभा भोलि बिहिबार हुने भएको छ कम्पनीको सभा आम्रपाली ब्याङ्क्वेट, थिरबम सडक, बालुवाटार काठमाडौंमा बिहान १०ः३० बजे हुने भएको हो ।
कम्पनीको सभाले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत नगदसहित कुल १०.५२ प्रतिशत लाभांश पारित गर्नेछ । साथै बोनस सेयर जारीपश्चात् कम्पनीको चुक्ता पूँजी वृद्धि भई १ अर्ब ३२ करोड ६६ लाख रुपैयाँ पुग्ने हुँदा सो सम्बन्धि संशोधन गर्न स्वीकृत गर्ने सभाको एजेण्डा रहेको छ ।
उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आव २०७७/०७८ को नाफा नोक्सान हिसाब, वासलात, नगद प्रवाह विवरणका अनुसूचीहरुमाथी छलफल गरी पारित गर्नेछ । साथै आव २०७८/०७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेसमेत सो सभाको विषयसूची रहेको छ ।
कम्पनीले सभाको लागि चैत १ गते बुक क्लोज गरेको छ । फागुन ३० गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा प्रस्तावित लाभांश पाउनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: