Skip to content
LAXMI SUNRISE BANK

व्यवसायीले ग्यासको कोटा माग्न छाडेपछि रोकिएको ३८ वटा बुलेट भन्सारबाट आउन थाले

अर्थ सरोकार

काठमाडौं । खाना पकाउने ग्यास भन्सारबाट आउन थालेको छ । भैरहवा भन्सारले रोकेको ३८ वटा खाना पकाउ ग्यासको बुलेट आउन थालेको हो । ढुवानी भाडा नबढाएको भन्दै व्यवसायीले ग्यासको कोटा आइतबारबाट माग्न छाडेका थिए ।

सोही कारणले नेपाल आयल निगमले सोमबार ग्यास बुलेट भैरहवा भन्सारबाट छिर्न दिएको थिएन । निगमका एक कर्मचारले व्यवसायीहरुलाई एसएमएस गर्दै कोटा नलिए ग्यासको बुलेट रोक्ने चेतावनी दिएका थिए ।

व्यवसायीहरुको आन्दोलनका कार्यक्रम अनुसार १० गतेदेखि लोडिङ नगर्ने, १४ गतेदेखि भन्सार नछुटाउने, १७ गतेदेखि डिलरहरुलाई वितरण बन्द गर्ने र २० गतेदेखि बिक्री बन्द गर्ने निर्णय गरेका थिए । निगमले ग्यास व्यवसायीलाई पत्रचार गर्दै उनीहरुको माग संबोधन गर्न जेठ मसान्तसम्मको समय माग गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK