×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नर्भिकले नारी दिवसका अवसरमा निःशुल्क स्वास्थ्य शिविर संचालन, परीक्षण र सर्जरीमा २० प्रतिशतसम्म छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नर्भिकले नारी दिवसका अवसरमा निःशुल्क स्वास्थ्य शिविर संचालन, परीक्षण र सर्जरीमा २० प्रतिशतसम्म छुट

Artha Sarokar

१८ फाल्गुन २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल अन्र्तगतको नर्भिक आइभिएफ सेन्टरले नारी दिवसका अवसर पारेर यही फागुन २१ गते शनिवार बृहत निशुल्क स्वास्थ्य शिबिर गर्ने भएको छ । बरिष्ठ स्त्री रोग तथा बा“झोपन बिशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा। नुतन शर्मासहितको टिमले आगामी शनिवार बिहान १० देखी ४ बजेसम्म बिरामीहरुको बा“झोपन तथा स्त्री रोगसम्बन्धमा निशुल्क स्वास्थ्य परीक्षण तथा स्वास्थ्य परामर्श एवम् उपचार गर्ने लागेको हो ।

नेपाली समाजमा बा“झोपनको समस्या बिकराल बन्दै गइरहेका बेला गुणस्तरीय स्वास्थ्य सेवाको पहुचलाई अभिवृद्वि गर्ने उद्देश्यले एकदिने निशुल्क स्वास्थ्य शिबिर गर्न लागिएको नर्भिक हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए । शिबिरमा निःशुल्क स्वास्थ्य परीक्षण र परामर्शका साथै टिभिएसमा २० प्रतिशत छुट तथा ल्याब परीक्षणमा १० प्रतिशत छुटको अफर समेत ल्याइएको सीइओ मिश्राले बताए ।

शिबिरमा सहभागी भएका बिरामीको परीक्षणमा शल्यक्रिया गर्नुपर्ने भए स्त्री रोगसम्बन्धी ल्याप्रोस्कोपिक सर्जरीमा बिरामीलाई अप्रेशन शुल्कको २० प्रतिशतसम्म छुट दिइने अस्पतालले जनाएको छ । नर्भिक अस्पतालको आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत विशेष पर्व, उत्सव तथा दिनहरुमा स्वास्थ्य जाच लगायतका सेवाहरुमा छुटको अफर यसअघिदेखि नै सार्वजनिक गर्दै आएको छ । यस्तै, नर्भिकले विगत लामो समयदेखि प्रत्येक शनिवार कुनै विशेषज्ञ चिकिसत्क नेतृत्वको टिमलाई परिचालन गरी निःशुल्क ओपिडी अभियान समेत संचालन गर्दै आएको छ । निःशुल्क ओपिडी पछिल्लो समय सर्वसाधारणमा निकै लोकप्रिय रहेको छ ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी