×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नर्भिकको यूरोलोजी टिमले निःशुल्क ओपिडी संचालन गर्ने, सेवाको लागि अग्रिम नाम टिपाउन सकिने सुविधा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नर्भिकको यूरोलोजी टिमले निःशुल्क ओपिडी संचालन गर्ने, सेवाको लागि अग्रिम नाम टिपाउन सकिने सुविधा

Artha Sarokar

२५ फाल्गुन २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नर्भिक अस्पतालको यूरोलोजी टिमले फागुन २८ गते शनिवार निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ । यो दिन प्रा.डा. रविन जोशी, डा. इशान मल्ल नेतृत्वको यूरोसर्जरी तथा यूरोलोजी टिमले निःशुल्क जाँच, परामर्श तथा उपचार सेवा दिन लागेको हो ।

केही साता रोकिएर पुनः सुचारु भएको निःशुल्क ओपिडी सेवा बिहान ९ः३० बजेदेखि ११ः३० बजेसम्म (२घण्टा) संचालन हुने अस्पतालले जनाएको छ । मृगौला, मूत्रनली र मूत्रथैलीमा पत्थरी र क्यान्सर, प्रोस्टेट, अण्डकोष र हर्नियाको समस्या भएका बिरामीहरुले निःशुल्क ओपिडीमा सहभागी भई निःशुल्क परामर्श सेवा लिनसक्नेछन् ।

निःशुल्क ओपिडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरमा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध छ । कोभिड संक्रमणका कारण रोकिएको नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियान पुनः सुरु भएको हो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी