×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

५ वर्षका लागि नागरिक बचतपत्र जारी गर्दै राष्ट्र बैंक, बार्षिक १० प्रतिशत ब्याजदर पाइने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

५ वर्षका लागि नागरिक बचतपत्र जारी गर्दै राष्ट्र बैंक, बार्षिक १० प्रतिशत ब्याजदर पाइने

Artha Sarokar

१७ चैत्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ वर्षे अवधिको लागि नागरिक बचतपत्र जारी गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ५ वर्षे अवधिको लागि २ अर्ब रुपैयाँको नागरिक बचतपत्र २०८३ ‘क’ निष्काशन गर्ने भएको हो ।
बार्षिक १० प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा ६/६ महिनामा ब्याज पाइनेछ । सबै नेपाली नागरिकले खरिद गर्न पाउने बचतपत्र घटिमा १० हजार रपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई १० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा हुनुपर्ने छ ।
यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन वा दिन सकिने छ । चैत १ देखि २० गतेसम्म बचतपत्र निष्काशन हुनेछ । निष्काशन बन्द चैत ३० गते हुनेछ । सावा भुक्तानीको अवधि भने २०८३ चैत ३० गते रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी