Skip to content
LAXMI SUNRISE BANK

नेपाल राष्ट्र बैंकले १७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल जारी गर्ने, दिउँसो ३ बजे बोलकबोल

अर्थ सरोकार

काठमाडौं । नेपाल राष्ट्र बैंकले १७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन,९१ दिन, १८२ दिन र ३६४ दिनका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।
राष्ट्र  बैंकले मंगलबारदेखि जारी हुने उक्त ट्रेजरी बिलका लागि सोमबार दिउँसो ३ बजे बोलकबोल हुने जानकारी दिएको छ ।
राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब र ९१ दिनको लागि ९ अर्ब १० करोड बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यस्तै १८२ दिनका लागि ३ अर्ब र ३६४ दिनका लागि ५ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।
ट्रेजर बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालिन सरकारी ऋणपत्र हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK