×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालमा शाखा खोल्न विदेशी बैंकलाई २ करोड डलर चुक्ता पूँजी चाहिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपालमा शाखा खोल्न विदेशी बैंकलाई २ करोड डलर चुक्ता पूँजी चाहिने

Artha Sarokar

४ चैत्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

ठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशी बैंकलाई नेपालमा शाखा खोल्न २ करोड अमेरिकी डलर पूँजी तोकिदिएको छ । राष्ट्र बैंकले बुधबार विदेशी बैंक शाखा इजाजत नीति २०२२ जारी गर्दै सो चुक्ता पुँजी तोकेको हो । जससंगै सन् २०१० मा जारी भएको ‘विदेशी बैंकद्वारा नेपालमा शाखा खोल्न दिने सम्बन्धी नीति, २०१०’ खारेज भएको छ ।
अब ‘इन्भेष्टमेन्ट ग्रेड’ को अन्तर्राष्ट्रिय रेटिङ पाएको विदेशी बैंकले मात्रै नेपालमा शाखा खोल्न पाउने राष्ट्र बैंकले जनाएको छ । नेपालमा शाखा खोल्न इच्छुक विदेशी बैंकले केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागमा निवेदन दिनुपर्नेछ । साथै सम्बन्धित देशको केन्द्रीय बैंकबाट ‘नो अब्जेक्सन लेटर’ प्राप्त गरेको हुनुपर्नेछ ।
नेपालमा निवेदन दिँदा प्रस्तावित चुक्ता पूँजीको ५% अर्थात १० लाख अमेरिकी डलर डिपोजिट गरेको सक्कल भौचर पनि संलग्न गर्नुपर्नेछ । अन्तिम स्वीकृति पाउनु अगाडि बाँकी चुक्ता पूँजीको ९५% भने बैंक ग्यारेन्टी अथवा नगदमै राष्ट्र बैंकमा दाखिला गरे पनि मान्य हुने जनाएको छ ।
विदेशी बैकको नेपालमा सञ्चालित शाखाले एक कर्पोरेट अफिसबाट कम्तिमा १० करोड रुपैयाँमा मुद्दती निक्षेपको रुपमा स्वीकार गर्नुपर्नेछ । यस्तै सर्टिफिकेट अफ डिपोजिट (सीडी)को रुपमा पनि १० करोड रुपैयाँ नै स्वीकार गर्नुपर्नेछ । विदेशी बैंकले ऋण दिँदा पनि एक पटकमा एक कर्पोरेट ग्राहकलाई कम्तिमा २० करोड रुपियाँ ऋण १ वर्ष भन्दा बढी अवधिको लागि दिनुपर्ने प्रावधान राखिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी